Posts

४२ कम्पनिको IPO किन रोकियो त?

Image
लेखा समितिको गलत निर्देशनले ४२ कम्पनीको आईपीओ रोकियो - इप्पान स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण १८ महिनादेखि आईपीओ रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले सोमवार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेट्दै आईपीओ तथा हकप्रद शेयरको सार्वजनिक निश्कासन रोकिएको विषयमा लेखासमितिका सदस्यसमेत रहेका घिमिरेको ध्यानाकर्षण गराएको हो ।  इप्पानका अध्यक्ष गणेश कार्कीले लेखासमितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड ९सेबोन०लाई निर्देशन दिंदा ४२ कम्पनीको आईपीओ र ३० भन्दा बढी कम्पनीको हकप्रद शेयर गरी ५० अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक निष्काशन रोकिएको विषयमा जानकारी गराए । इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सेबोनले डेढ वर्षदेखि सार्वजनिक निष्काशन रोक्दा जलविद्युत आयोजनाको काम मात्रै प्रभावित नभएर जलविद्युत आयोजनालाई सिमेन्ट डण्डी लगायतका सामान बेच्ने उद्योगहरुको व्यवसायमा पनि ह्रास आई यसले समग्र अर्थतन्त्रलाई नै संकुचित बनाएको बताए । इप्पानका उपमहासचिव प्रकाश...

अनलाईन द्वारा कसरी कमाउन सकिन्छ पैसा?

अनलाइनबाट पैसा कमाउने तरिकाहरू: आजको डिजिटल युगमा अनलाइनबाट पैसा कमाउने धेरै तरिकाहरू छन्। नेपालमै बसेर पनि यी विधिहरू अपनाएर आम्दानी गर्न सकिन्छ। १. फ्रीलान्सिङ (Freelancing) यदि तपाईंलाई लेख्ने, डिजाइन गर्ने, प्रोग्रामिङ, वा भिडियो एडिटिङजस्ता सीपहरू छन् भने तपाईं Fiverr, Upwork, र Freelancer जस्ता प्लेटफर्महरूमा काम गर्न सक्नुहुन्छ। २. ब्लगिङ (Blogging) र युट्युब (YouTube) तपाईं ब्लग बनाएर वा युट्युब च्यानल खोलेर विज्ञापन र स्पोन्सरशिपबाट कमाउन सक्नुहुन्छ। विशेष गरी नेपाली भाषामा गुणस्तरीय सामग्री बनाए राम्रो आम्दानी गर्न सकिन्छ। ३. ड्रपसिपिङ (Dropshipping) र इ-कमर्स तपाईं आफ्नै अनलाइन स्टोर खोल्न सक्नुहुन्छ वा Amazon, Daraz, Etsy जस्ता प्लेटफर्महरूमा सामान बेच्न सक्नुहुन्छ। ४. एफिलिएट मार्केटिङ (Affiliate Marketing) तपाईं Amazon, Daraz, वा अन्य साइटहरूको उत्पादनहरू प्रमोट गरेर कमिसन कमाउन सक्नुहुन्छ। ५. अनलाइन ट्युटोरिङ (Online Tutoring) तपाईं शिक्षणमा रुचि राख्नुहुन्छ भने Zoom, Google Meet वा Udemy जस्ता प्लेटफर्महरूमा पाठ पढाएर पैसा कमाउन सक्नुहुन्छ। लगनशीलता र निरन्त...

भाद्र ८ गते आउदै एक लघुवित्तको IPO भर्न नछुटाउनुहोला है!

Image
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड (KHLBSL) ले भदौ ०८ गतेदेखि सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको १,३२,००० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ ।अन्तिम मिति भाद्र १२ गते हो।, त्यसपछि आबेदन पूर्ण रुपमा नआएमा  २०७९ भाद्र २२ गतेसम्म बढाउन सकिनेछ । प्रस्तावित १,३२,००० युनिट मध्ये; प्रस्ताव गरिएको कुल शेयरको १.५१५१% अर्थात् २००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ र प्रस्ताव गरिएको कुल शेयरको ५% अर्थात् ६ हजार ६०० कित्ता म्युचुअल फण्डका लागि छुट्याइएको छ । बाँकी १,२३,४०० युनिट सर्वसाधारणका लागि छन्। आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको यस IPO मा न्यूनतम १० कित्ता देखि अधिकतम १,३२० कित्ता सम्म को लागि आवेदनहरू राख्न सकिन्छ। १.३२ करोडको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेपछि सर्वसाधारणले कुल पूँजीको ३३ प्रतिशत अर्थात् कुल पूँजीको ३३ प्रतिशत रकम जम्मा गरी ४ करोड रुपैयाँ पुग्नेछ र प्रवर्द्धक/सार्वजनिक अनुपात ६७:३३ हुनेछ । श्री सुरेश बहादुर बम कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। KLBSL को दर्ता र कर्पोरेट कार्यालय...

फेरी आउदैछ माला माला गर्ने अर्को लघुवित्तको IPO तयार रहनुहोला

Image
  शृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLBSL) लाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्न अनुमति दिइएको छ। नेपाल धितोपत्र विनिमय बोर्ड (SEBON) ले कम्पनीलाई साउन १८, २०७९ मा आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।  सञ्चालक समितिको स्वीकृतिसँगै कम्पनीले अब कुल रु.१०० बराबर मूल्यको ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्बसाधरण हरुको लागि निष्कासन गर्ने भएको हो। त्यस्तै, सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीमा प्रवर्द्धक(प्रोमोटर) को अंश ६४ प्रतिशत अर्थात ७ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेपछि कम्पनीको कुल चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ हुनेछ।  शृजनशील लघुवित्त वित्तीय संस्था (SLBSL) २०७५ सालमा स्थापना भएको राष्ट्रिय स्तरको 'घ' वर्गको वित्तीय संस्था हो। कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ विसं २०७५ मा नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नम्बर २०१३३/०७५/०७६ र नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) बाट २०७५ सालमा ‘घ’ वर्गको संस्थागत इजाजतपत्र प्राप्त गरी इजाजतपत्र नम्बर ९१/ ०७५/०७६ रहेको छ। यो आबेदन खुल्ने मिति नतोकिएक्क...

NHPC ५०% हकप्रद शेयर जारी गर्ने कार्यसूची

Image
 नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड (NHPC) ले २०७९ भाद्र १० गते विशेष साधारण सभा (AGM) बोलाएको छ । बैठक सो दिन बिहान ११ बजेदेखि डेलिस ओपेरा रेस्ट्रो एन्ड ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बस्नेछ । यस्ता छन् एसजीएमका एजेण्डाः १) सुनकोशी हाइड्रो पावर कम्पनीको बोनस वितरण र प्राप्तिपछि कायम रहेको चुक्ता पुँजीबाट ५० प्रतिशत (अर्थात् १०ः५ को अनुपातमा) हकप्रद सेयर जारी गर्न स्वीकृत गर्ने । २) हकप्रद सेयर जारी र प्राप्तिपछि कम्पनीको पुँजी वृद्धि भई कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) परिमार्जन गर्ने । ३) रु. प्रति सेयर १००/- कम्पनीको २२,४७० साधारण शेयरहरू बापत मात्र रू. ७,२५,००० प्राप्त भएको छ, र सो मा रु. १५,२२,००० तिरेको छैन, त्यसको सम्बन्धमा र कम्पनीको खाता मिलाउन सम्बन्धमा उचित निर्णय लिईने र  उक्त २२,४७० कित्ता शेयर व्यवस्थापन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइनेछ।

अबदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता

Image
 निर्वाचन आयोगले अबदेखि अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ ।  आयोगले आज असार २८ गते एक विज्ञप्ति निकालेर १९ गते बुधवारदेखि नै अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुर अर्थात मुख्य तिन जिल्ला बाट फाराम भर्न सकिने जनाएको हो।  फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न सक्ने हुनाले इच्छुकले निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी सोहि जिल्ला निर्वाचन कार्यालय  मा अनलाइनबाटै पेस गर्न सकिने आयोगले जनाएको छ ।  फाराम पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको सङ्केत नम्बरसहितको प्रिन्ट गरिएको फारम र आवश्यक अन्य थप कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ। हाल लाई यो सुबिधा उपत्यका बाहिरको लागि प्रयोग मा रहेको छैन। 
Image
  नवधनाढ्यहरुलाई पिर थोपारेको प्रकाश सपुतको गितिकथा पिर नवधनाढ्यहरुलाई पिर थोपारेको प्रकाश सपुतको गितिकथा पिर आज चर्चाको शिखरमा पुग्नमा सयौं पुर्व माओवादी लडाकुहरुको आँशु, चित्कार, आक्रोश, र कुण्ठाले भरिएको यर्थातपुरक कथामा आधारित रहेको वास्तविक जीवनसँग मेलखाने कथा रहको छ । यसमा अझ थप्नु पर्दा माओवादी द्वण्द्व पीडितहरु पनि लाखौंको संख्यामा छन् । माओवादी जनयुद्धले पक्कै पनि व्यवस्था परिवर्तन गर्नमा ठूलो योग्दान दिएको छ । पिछाडिएका वर्गहरु, अल्पसंख्याकहरुको आवाजलाई बुलन्द पार्नमा माओवादी आन्दोलनलाई नै सृेया जान्छ । तर के त यो भन्दैमा माओवादी क्रान्ती सफल भयो त? जनताको जीवन अवस्था फेरिए त? पक्कै पनि भएन तथा फेरिएन । पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराईको भनाईलाई सापटी लिने हो भने यो अपुरो क्रान्ती नै हो । माओवादी द्वण्द्वको शिकार भएका कयौं व्यक्तिहरु छन् । एक जना बालकलाई सम्झन्छु । गाउँको विद्यालयमा ५ कक्षामा पढ्दै गरेको एक जना कलिलो बालकलाई तत्कालिन जनयुद्धको बेलामा माओवादीहरुले त्यस विद्यालयका केही खाइलाग्दा बालकहरु सहितलाई जबरजस्ती लिएर गए । केही समय पछि ती बालकहरु मध्ये केही त्...