फेरी आउदैछ माला माला गर्ने अर्को लघुवित्तको IPO तयार रहनुहोला

 शृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLBSL) लाई प्रारम्भिक सार्वजनिक निष्काशन

(आइपीओ) जारी गर्न अनुमति दिइएको छ। नेपाल धितोपत्र विनिमय बोर्ड (SEBON) ले कम्पनीलाई साउन १८, २०७९ मा आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । सञ्चालक समितिको स्वीकृतिसँगै कम्पनीले अब कुल रु.१०० बराबर मूल्यको ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्बसाधरण हरुको लागि निष्कासन गर्ने भएको हो। त्यस्तै, सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।कम्पनीमा प्रवर्द्धक(प्रोमोटर) को अंश ६४ प्रतिशत अर्थात ७ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेपछि कम्पनीको कुल चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ हुनेछ। शृजनशील लघुवित्त वित्तीय संस्था (SLBSL) २०७५ सालमा स्थापना भएको राष्ट्रिय स्तरको 'घ' वर्गको वित्तीय संस्था हो। कम्पनी ऐन २०६३ अन्तर्गत २०७५ विसं २०७५ मा नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नम्बर २०१३३/०७५/०७६ र नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) बाट २०७५ सालमा ‘घ’ वर्गको संस्थागत इजाजतपत्र प्राप्त गरी इजाजतपत्र नम्बर ९१/ ०७५/०७६ रहेको छ। यो आबेदन खुल्ने मिति नतोकिएक्को भएता पनि यहि महिना भित्र खुल्ने र पर्ने सम्भावना न्युन नै रहे पनि IPO हासिल गर्न सफल आवेदकले प्रसस्त कमाउन सक्ने संस्थाको २०७८-७९ को आर्थिक तथ्याङ्कले प्रस्तुत गर्दछ। 



Comments

Popular posts from this blog

अनलाईन द्वारा कसरी कमाउन सकिन्छ पैसा?

What is the meaning of life?