नवधनाढ्यहरुलाई पिर थोपारेको प्रकाश सपुतको गितिकथा पिर
नवधनाढ्यहरुलाई पिर थोपारेको प्रकाश सपुतको गितिकथा पिर आज चर्चाको शिखरमा पुग्नमा सयौं पुर्व माओवादी लडाकुहरुको आँशु, चित्कार, आक्रोश, र कुण्ठाले भरिएको यर्थातपुरक कथामा आधारित रहेको वास्तविक जीवनसँग मेलखाने कथा रहको छ । यसमा अझ थप्नु पर्दा माओवादी द्वण्द्व पीडितहरु पनि लाखौंको संख्यामा छन् ।
माओवादी जनयुद्धले पक्कै पनि व्यवस्था परिवर्तन गर्नमा ठूलो योग्दान दिएको छ । पिछाडिएका वर्गहरु, अल्पसंख्याकहरुको आवाजलाई बुलन्द पार्नमा माओवादी आन्दोलनलाई नै सृेया जान्छ । तर के त यो भन्दैमा माओवादी क्रान्ती सफल भयो त? जनताको जीवन अवस्था फेरिए त? पक्कै पनि भएन तथा फेरिएन । पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराईको भनाईलाई सापटी लिने हो भने यो अपुरो क्रान्ती नै हो ।
माओवादी द्वण्द्वको शिकार भएका कयौं व्यक्तिहरु छन् । एक जना बालकलाई सम्झन्छु । गाउँको विद्यालयमा ५ कक्षामा पढ्दै गरेको एक जना कलिलो बालकलाई तत्कालिन जनयुद्धको बेलामा माओवादीहरुले त्यस विद्यालयका केही खाइलाग्दा बालकहरु सहितलाई जबरजस्ती लिएर गए । केही समय पछि ती बालकहरु मध्ये केही त्यस ठाउँबाट भाग्न सफल भए र उनीहरु बल्लतल्ल काठमाडौं आइपुगे किनकि उनीहरु गाउँमा फर्के भने माओवादीहरुले मारिदिन्थे । ती केटो करिब १२ वर्षको उमेरमा अन्जान काठमाडौं सहरमा सडक बालकको रुपमा परिणत हुन बाध्य भए किनकि उनीसँग अरु कुनै उपाय नै थिएन । उनको जीवन नारकिय भयो जब उनलाई चोरी गरेको आरोपमा प्रहरीले पक्रउ गरी ५ वर्षको लागि जेल चलान गरिदियो ।
तत्कालिन अवस्थामा गाउँमा बस्न नसकेर र जबरवस्ती माओवादी बनाइएका किशोरीहरु क्याम्पबाट भागेर काठमाडौंका सडकहरु र ठमेलमा आफ्नो शरीर बेच्न बाध्यभएका कयौं चेलीहरुलाई उद्धार गरी सीप प्रदान गरी पुर्नस्थापना गरेका छौं । उनीहरुको कथाव्याथा यति दर्दानक हुन्थ्यो कि सुन्नलाई पनि दह्रो मुटु चाहिन्थ्यो । माथि उल्लेखित ती बालक र किशोरीहरुका कथा त प्रतिनिधिको रुपमा मात्र हन् । यस प्रकारका कथाहरु लाखौंको संख्यामा छन् ।
प्रकाश सपुतले हजारौंको मात्र नभएर लाखौं व्यक्तिहरुको आवाजहरुको प्रतिनिधित्व गरेर गीति कथा मार्फत नवधनढ्यहरुलाई आफ्नो अनुहार एक पल्ट ऐनामा हेर्न बाध्ये पारेका छन् । यस प्रकारका पीडित पुर्व लडाकुहरु तथा द्वण्द्व पीडितहरुले पोख्न नसकेका आवाजहरुलाई प्रकाश सपुत आज उनीहरुको आवाज बनि राख्दा “सत्य तितो हन्छ” भनेको जस्तै ती नवधनढ्यहरुलाई आज सत्य कुरा पचाउन अति कठिन भएको छ ।
अभैm पनि बेला छ, ती नवधनाढ्यहरुले आफ्नो अनुहार ऐनामा हेरर आत्मालोचना गरी विलाषिताको जीवनलाई त्याग गरी साँच्चिकै कम्यूतिष्ट बनी त्यस्ता व्यक्तिहरुको खोजी गरेर कार्य थाल्दा उनीहरुको चित्कार र आँसु पुछिएको ठानिने छ नत्र भने उनीहरुले अर्को विद्रह नगर्लान् भन्न सकिदैन ।
Comments
Post a Comment