Posts

Showing posts from March, 2022
Image
  नवधनाढ्यहरुलाई पिर थोपारेको प्रकाश सपुतको गितिकथा पिर नवधनाढ्यहरुलाई पिर थोपारेको प्रकाश सपुतको गितिकथा पिर आज चर्चाको शिखरमा पुग्नमा सयौं पुर्व माओवादी लडाकुहरुको आँशु, चित्कार, आक्रोश, र कुण्ठाले भरिएको यर्थातपुरक कथामा आधारित रहेको वास्तविक जीवनसँग मेलखाने कथा रहको छ । यसमा अझ थप्नु पर्दा माओवादी द्वण्द्व पीडितहरु पनि लाखौंको संख्यामा छन् । माओवादी जनयुद्धले पक्कै पनि व्यवस्था परिवर्तन गर्नमा ठूलो योग्दान दिएको छ । पिछाडिएका वर्गहरु, अल्पसंख्याकहरुको आवाजलाई बुलन्द पार्नमा माओवादी आन्दोलनलाई नै सृेया जान्छ । तर के त यो भन्दैमा माओवादी क्रान्ती सफल भयो त? जनताको जीवन अवस्था फेरिए त? पक्कै पनि भएन तथा फेरिएन । पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराईको भनाईलाई सापटी लिने हो भने यो अपुरो क्रान्ती नै हो । माओवादी द्वण्द्वको शिकार भएका कयौं व्यक्तिहरु छन् । एक जना बालकलाई सम्झन्छु । गाउँको विद्यालयमा ५ कक्षामा पढ्दै गरेको एक जना कलिलो बालकलाई तत्कालिन जनयुद्धको बेलामा माओवादीहरुले त्यस विद्यालयका केही खाइलाग्दा बालकहरु सहितलाई जबरजस्ती लिएर गए । केही समय पछि ती बालकहरु मध्ये केही त्...