Posts

Showing posts from February, 2025

४२ कम्पनिको IPO किन रोकियो त?

Image
लेखा समितिको गलत निर्देशनले ४२ कम्पनीको आईपीओ रोकियो - इप्पान स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण १८ महिनादेखि आईपीओ रोकिएको विषयमा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । इप्पानले सोमवार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेट्दै आईपीओ तथा हकप्रद शेयरको सार्वजनिक निश्कासन रोकिएको विषयमा लेखासमितिका सदस्यसमेत रहेका घिमिरेको ध्यानाकर्षण गराएको हो ।  इप्पानका अध्यक्ष गणेश कार्कीले लेखासमितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड ९सेबोन०लाई निर्देशन दिंदा ४२ कम्पनीको आईपीओ र ३० भन्दा बढी कम्पनीको हकप्रद शेयर गरी ५० अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक निष्काशन रोकिएको विषयमा जानकारी गराए । इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सेबोनले डेढ वर्षदेखि सार्वजनिक निष्काशन रोक्दा जलविद्युत आयोजनाको काम मात्रै प्रभावित नभएर जलविद्युत आयोजनालाई सिमेन्ट डण्डी लगायतका सामान बेच्ने उद्योगहरुको व्यवसायमा पनि ह्रास आई यसले समग्र अर्थतन्त्रलाई नै संकुचित बनाएको बताए । इप्पानका उपमहासचिव प्रकाश...

अनलाईन द्वारा कसरी कमाउन सकिन्छ पैसा?

अनलाइनबाट पैसा कमाउने तरिकाहरू: आजको डिजिटल युगमा अनलाइनबाट पैसा कमाउने धेरै तरिकाहरू छन्। नेपालमै बसेर पनि यी विधिहरू अपनाएर आम्दानी गर्न सकिन्छ। १. फ्रीलान्सिङ (Freelancing) यदि तपाईंलाई लेख्ने, डिजाइन गर्ने, प्रोग्रामिङ, वा भिडियो एडिटिङजस्ता सीपहरू छन् भने तपाईं Fiverr, Upwork, र Freelancer जस्ता प्लेटफर्महरूमा काम गर्न सक्नुहुन्छ। २. ब्लगिङ (Blogging) र युट्युब (YouTube) तपाईं ब्लग बनाएर वा युट्युब च्यानल खोलेर विज्ञापन र स्पोन्सरशिपबाट कमाउन सक्नुहुन्छ। विशेष गरी नेपाली भाषामा गुणस्तरीय सामग्री बनाए राम्रो आम्दानी गर्न सकिन्छ। ३. ड्रपसिपिङ (Dropshipping) र इ-कमर्स तपाईं आफ्नै अनलाइन स्टोर खोल्न सक्नुहुन्छ वा Amazon, Daraz, Etsy जस्ता प्लेटफर्महरूमा सामान बेच्न सक्नुहुन्छ। ४. एफिलिएट मार्केटिङ (Affiliate Marketing) तपाईं Amazon, Daraz, वा अन्य साइटहरूको उत्पादनहरू प्रमोट गरेर कमिसन कमाउन सक्नुहुन्छ। ५. अनलाइन ट्युटोरिङ (Online Tutoring) तपाईं शिक्षणमा रुचि राख्नुहुन्छ भने Zoom, Google Meet वा Udemy जस्ता प्लेटफर्महरूमा पाठ पढाएर पैसा कमाउन सक्नुहुन्छ। लगनशीलता र निरन्त...