अबदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता
निर्वाचन आयोगले अबदेखि अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । आयोगले आज असार २८ गते एक विज्ञप्ति निकालेर १९ गते बुधवारदेखि नै अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुर अर्थात मुख्य तिन जिल्ला बाट फाराम भर्न सकिने जनाएको हो। फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न सक्ने हुनाले इच्छुकले निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी सोहि जिल्ला निर्वाचन कार्यालय मा अनलाइनबाटै पेस गर्न सकिने आयोगले जनाएको छ । फाराम पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको सङ्केत नम्बरसहितको प्रिन्ट गरिएको फारम र आवश्यक अन्य थप कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ। हाल लाई यो सुबिधा उपत्यका बाहिरको लागि प्रयोग मा रहेको छैन।